तेक्वान्दोमा आयोजक च्याम्पियन



काठमाडौं । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले दोश्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

९ स्वर्ण, २ रजत र ५ कांस्यसाथ आयोजक टिम च्याम्पियन बन्यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ७ कांस्यसाथ मनमैजु दोश्रो भयो ।

तेश्रो स्थानमा चित्त बुझाएको बालाजुले ४ स्वर्ण, ५ रजत र ३ कांस्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको पुरुषमा जैशीदेवलका समिर तामाङ तथा महिलामा मनमैजुकी स्मारिका तामाङ उत्कृष्ट खेलाडी घोषित भए । सुरेन्द्र खड्गी उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट खेलाडीले जनही ५ हजार तथा प्रशिक्षकले ३ हजार नगद पुरस्कार हात पारे ।

प्रतिक्रिया दिनुहोस्