उमा कुङफुका पदक विजेता सम्मानित



काठमाडौं । भारतको पञ्जाबमा भएको प्रथम इन्डो–नेपाल अन्तर्राष्ट्रिय र्मासल आर्ट प्रतियोगितामा पदक जित्न सफल ताकेश्वर उमा कुङफुका खेलाडीलाई काभ्रेस्थली खेलकुद उपभोक्ता समितिले शनिबार नगदसहित सम्मान गरेको छ ।

काभ्रेस्थलीको ग्रिन हिल्स एकेडेमीमा भएको दोश्रो तारर्केश्वर मेयर कप तेक्वान्दो प्रतियोगिताको समापन अवसरमा खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो ।

सम्मानित हुने खेलाडीमा स्वर्ण÷रजत विजेता साइना महर्जन, सिम्रिका कुँवर, दर्शना तामाङ र आर्यन रावल, रजतधारी प्रशंसा तामाङ तथा कायंस्य विजेता राजन तामाङ रहेका छन् । नोभेम्बर ५ र ६ तारिखमा भएको प्रतियोगितामा प्रशिक्षकको जिम्मेवारी निभाएका ताकेश्वर उमा कुङफुका प्रमुख प्रशिक्षक रमेश महर्जन पनि नगदसहित सम्मानित भए ।

प्रतिक्रिया दिनुहोस्