एन्जल्स हार्ट र बीएनए क्वाटरफाइनलमा



काठमाडौं । एन्जल्स हार्ट र आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १३–९ ले पराजित ग¥यो । एन्जल्स हार्टको जितमा रुपेश पौडेलले ७ अंक योगदान गरे । दिपेश पण्डितको ९ अंक सहयोगमा बीएनएले गोल्डेपिकलाई २०–१६ ले हरायो ।

सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा ग्रिनल्यान्डले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई ११–६, पृथ्वीले विन्डी हाउसलाई ११–१० र गोल्डेनपिकले स्काइलार्कलाई १५–१० ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

प्रतिक्रिया दिनुहोस्