पाँच विश्वकप खेल्ने गोलरक्षकको निधन



लन्डन, (एजेन्सी) । पाँच विश्वकप खेल्ने पहिलो फुटबलर मेक्सिकन लिजेन्ड एन्टोनियो कार्बजलको ९३ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

पूर्व गोलरक्षक कार्बजलले ब्राजिल (१९५०) स्विट्जरल्याण्ड (१९५४), स्वीडेन (१९५६) चिली (१९६२) र इंग्ल्याण्ड (१९६६) मा गरी पाँच फिफा विश्वकप खेलेका थिए । कार्बजलको १८ वर्षको खेल करियरको अधिकांश समय मेक्सिकोको क्लब लियोनमा बितमएका थिए । जहाँ उनले १६ वर्षको बसाईमा तीन सय ६४ म्याच खेलेका थिए । लियोनले श्रद्धाञ्जलीका लागि कार्बजलको पार्थिव शरिरलाई बिहिबार आफ्नो स्टेडियममा राख्ने भएको छ । कार्बजलले मेक्सिकोका लागि ४८ तथा क्लबस्तरमा चार सय नौ म्याच खेलेका थिए ।

सन् १९९८ मा जर्मनीका लोथर म्याथसले बराबरी गर्नुअघिसम्म कार्बजल एक्लैको नाममा ३२ वर्षसम्म सर्वाधिक फिफा विश्वकप खेल्ने कीर्तिमान कायम थियो । कार्बजल र म्याथियससँगै मेक्सिकोका राफेल माकर््वेज र एन्ड्रेस गार्डाडा, अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पाँच विश्वक खेल्ने उपलब्धी हात पारेका छन् । पाँच फिफा विश्वकप खेल्ने पहिलो खेलाडी कार्बजलको निधनमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले समेत दुख ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्