बीएनएको विजयी सुरुआत



काठमाडौं । आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार विजयी सुरुआत गरेको छ ।

बसुन्धरास्थित घरेलु कोर्टमा बीएनएले ह्वाइट माउन्टेनलाई २४–१४ ले पराजित ग¥यो । बीएनएकी स्मृति खत्रीले १२ अंक जोडिन् ।

सिनियर गल्र्सकै अन्य खेलमा नेपाल मोडेलले स्किब्सलाई १८–८, पृथ्वीले ग्रिनल्यान्डलाई २८–१६ र एचएचसीएले फेरिल्यान्डलाई २०–१२ ले हराए । नेपाल मोडेलकी चुनिमा गुरुङले ८, पृथ्वीकी बबिता घिमिरेले १४ र एचएचसीएकी प्रमिता लामाले ६ अंक जोडे ।

जुनियर ब्वाइजमा पनि बीएनएले जितका साथ यात्रा प्रारम्भ गरेको छ । बीएनएले पारामाउन्टलाई १८–८ ले पाखा लगायो । बीएनएका दिपेश पण्डितले ८ स्कोर गरे । जुनियर ब्वाइजमै फेरिल्यान्डले एचएचसीएलाई २४–१२ तथा ओडिसी इन्टरनेसनल एकेडेमीले सिद्धार्थ मोडेललाई १६–१० ले पन्छाए । फेरिल्यान्डका तेनिल खत्रीले १० तथा ओडिसीका मुकेश शर्माले ८ अंक बटुले ।

सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा नेपाल मोडेलले ओडिसीलाई १५–११ तथा पृथ्वीले स्काइलार्कलाई १४–११ ले पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्