आदिवासी खेलकुद संघमा भुपेन्द्र



काठमाडौं । आदिवासी खेलकुद संघ नेपालको प्रथम साधारण सभाले भुपेन्द्र गुरुङलाई अध्यक्षमा निर्वारोध निर्वाचित गरेको छ ।

साधारण सभाले भुपेन्द्रको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति समेत २ वर्षका लागि निर्विरोध चयन गरेको छ । नेपाल उमा कुङफु संघका महासचिव समेत रहेका गुरुङ जर्मनी भएको वल्र्ड मार्सल आर्ट्स गेम्स तथा इङल्यान्डमा भएको युरोपियन च्याम्पियनसिपका स्वर्ण विजेता हुन् ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा दिपेन गुरुङले उपाध्यक्ष, सुरेश मगरले सचिव तथा मिनबहादुर गुरुङले कोषाध्यक्षको जिम्मेवारी पाए । शेरबहादुर गुरुङ, धनबहादुर गुरुङ, जगदीश गुरुङ, रुपकाजी मगर र गुना गुरुङ सदस्यमा चयन भए । साधारण सभाले नेपाल उमा कुङफु संघका सहायक मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक उद्धव थापा मगरलाई संघको मुख्य प्रशिक्षकमा मनोनित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्