‘कोरोनाबाट बच्न सुर्तीजन्य प्रदार्थको सेवन नगर्नू’



काठमाडौं। 

सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुर्तीजन्य प्रदार्थको सेवन नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सुर्तीजन्य पदार्थको सेवनले रोग प्रतिरोधात्मक शक्तिलाई असर गरी सङ्क्रमण हुने सम्भावना बढाउने हुँदा सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो ।

सुर्तीजन्य पदार्थ सेवन गर्दा ओठ, मुख औलाले छुनुपर्ने हुँदा कोरोना सङ्क्रमण सजिलै सर्ने सम्भावना बढी हुने मन्त्रालयले जनाएको छ ।

सुर्तीजन्य पदार्थ एक आपसमा साटासाट गरी सेवन गर्ने क्रममा एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्न सम्भावना बढी रहने मन्त्रालयको भनाइ छ ।

कोरोना भाइरसले फोक्सोलाई क्षति पुर्‍याउने हुँदा सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकोले थप जटित निम्त्याउने सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्