वर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल शुरू



काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एसिसी प्रिमियर कपको फाइनल फेरि शुरू भएको छ ।

सोमबार खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो ।

एसिसी कपको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने भएकाले यो खेल निकै महत्वपूर्ण छ ।

अहिलेसम्म १६ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर युएईले ६० रनमात्र जोड्न सकेको छ ।

आजको खेल हेर्न हजारौं नेपाली समर्थक कीर्तिपुर पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्