रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टी रेबिज भ्याक्सिन सेवा सुरु

नगरवासीको आयु लम्ब्याउने  कार्यमा ध्यान केन्द्रित :  नगरप्रमुख



बुटवल। 

हरेक कुरामा एक कदम अगाडी  रहेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एन्टी रेबिज भ्याक्सिन सेवा सुरु गरेको छ ।

तिलोत्तमा वडा नम्बर ६ मा रहेको आनन्दबन स्वास्थ्य चौकीमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख रामकृष्ण खाणले सेवा शुभारम्भ गर्नु भएको हो । सेवाको सभारम्भ गदै नगरप्रमुख रामकृष्ण खाणले स्वास्थ्यको क्षेत्रमा धेरै सचेतनाको अभावमा निकै समस्या देखिएको बताउँदै अब सबै सचेत रहन आवश्यक रहेको बताउनुभयो  ।

 यो स्वास्थ्य चौकीबाट धेरै सुविधा थपिएको बताउँदै १५ शय्याको अस्पतालको रुपमा परिणत गरेको बताउनु भयो । रेबिजरोग जुनसुकै जनावरको टोकाईबाट हुने भएकोले ज्यान जाने यो रोगबाट बच्न भ्याक्सिन सेवा सुरु गरिएको बताउनु भयो ।तिलोत्तमा नगरबासीको औसत आयु बढी रहेको बताउँदै तिलोत्तमालाई धेरै व्यवस्थापन गरेको बताउनु भयो।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ध्रुव राज घिमिरेले यो सुविधा तिलोत्तमामा सुरु भएपछि यहि उपचारको लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको बताउनु भयो। शुभारम्भको अवसरमा २सय डोज आएको बताउँदै आगामी दिनमा  आवश्यकता अनुसार अझै व्यवस्थापन गर्ने बताउनु भयो।

यो सेवा प्रदान गर्नको लागि यहाँका स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरेको बताउँदै निःशुल्क सेवा प्रदान गर्ने बताउनु भयो। उनले यो भ्याक्सिन तीन डोज दिइने बताउँदै पहिलो डोज टोकेको दिन, दोस्रो डोज चौथो दिन र तेस्रो सातौँ दिनमा लगाइने बताउनु भयो ।

त्यस्तै आनन्दबन स्वास्थ्य चौकीका प्रमुख ज्ञान प्रसाद पौडेलले रेबिज रोग प्राण घातक रोग भएकाले यसवाट बच्न यो भ्याक्सिन निकै प्रभावकारी हुन बताउनु भयो ।नगरपािलकाले भौतिक तथा आवश्यक प्राविधिकको अझै व्यवस्थापन गरेमा चौकीमा सर्प दंशको उपचार गर्न पनि सकिने बताउनु भयो एन्टी रेबिज भ्याक्सिनको सेवा लिन बुटवल भैरहवा जानुपर्ने बाध्यताको अन्त्य भएको भन्दै यो सेवालार्ई प्रभावकारी रुपमा व्यवस्थापन गर्न स्वास्थ्य कर्मी तथा स्वयमसेबीहरु बढी सचेत हुनु आवश्यक रहेको आनन्दवन स्वास्थ्य चौकिका अध्यक्ष तथा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठक बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष परशुराम गिरिले नगरपालिकाले नमुना काम गदै आएको बताउनु भयो । ।स्वास्थ्य चौकीमा १ जना मेडिकल अफिसर सहित १३ जना स्वास्थकर्मिहरु रहेका छन् । चौकीबाट मानसिक स्वास्थ्य परामर्श सेवा,न्यूनतम खर्चमा होलबोडी चेकअप लगायतका महत्त्वपूर्ण सेवाहरु प्रदान गदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्