डेंगी नियन्त्रणका लागि हरेक शुक्रबार बिहान अभियान गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध



काठमाडौँ।

पछिल्लो समय मुलुकभर कोभिड मात्र नभै डेंगीले पनि उत्तिकै सताएको बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक शुक्रबार साढे दश बजे दश मिनेट डेंगी नियन्त्रण अभियान सम्बन्धमा सार्वजनिक रुपमै विज्ञप्ती निकालेर डेंगी नियन्त्रणमा सबैले आ -आफ्नो भूभिका निर्वाह गर्न अनुरोध गरेकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले जारी गर्नुभएको विज्ञप्तीमा गत वर्ष नेपालमा डेंगी संक्रमण हालसम्मकै अत्याधिक भएको थियो । यस वर्ष पनि डेंगीका बिरामी बढ्न सक्ने सम्भावित मौसमपूर्व नै संक्रमण बढ्दै गरेको अवस्था छ । हामीले डेंगी संक्रमण हुन नदिन लामखुट्टेको वृद्धि विकास रोक्न र संक्रमित लामखुट्टेको टोकाईबाट बच्न बचाउन हामी बस्ने र काम गर्ने स्थानमा लामखुट्टेले संक्रमण फैलाउने वातावरण बन्न नदिन संवेदनशिल बन्नु पर्ने हुन्छ भन्नुभएकोछ ।

उहाँले डेंगी गराउने लामखुट्टेले हाम्रो घर र कार्यालय वरिपरि थोरै वा धेरै मात्रामा जमेर रहेको स्थीर सङ्गलो पानीमा अण्डा पारेर वृद्धि विकास गर्छ र संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टेले संक्रमण गराउने हुन्छ । डेंगी संक्रमणको नियन्त्रण गर्न सबैले आफ्नो बासस्थान एवं कार्यस्थल वरिपरि लामखुट्टेको वृद्धि विकास हुन नदिन र लामखुट्टेको टोकाईबाट बच्ने उपायहरु अपनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।

यसका लागि स्वास्थ्य मन्त्रालयले २०८०/०१/१५ गते शुक्रबार देखि हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट अभियान संचालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयहरुले आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाई अभियान अनिवार्य सञ्चालन गर्न अनुरोध गरेकोछ ।

सबैको प्रयासले मात्रै डेंगी संक्रमण रोकथाम नियन्त्रण गर्न सकिने भएकोले यस अभियानमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायहरुले आफ्नो स्थानमा सहभागिता, सहजीकरण एवं समन्वय गर्नपनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्