शीर्ष टोली जावलाखेल पराजित



काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा रहेको जावलाखेल युथ क्लब १२ औं चरणको खेलमा पराजित भएको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा रेलिगेसन जोनना रहेको टोली हिमालयन शेर्पाले जावलाखेललाई २–१ ले हराएको हो । शेर्पाको जितमा पिस्तोने मुताम्बाले दुबै गोल गरेका थिए । पहिलो हाफको २० मिनेटभित्र नै उनले दुई गोल गरेका थिए । अन्ततिर एन्कोटो मासोअबीले गोल गरेपनि जावलाखेलले हार टार्न सकेन ।

यस जितसँगै १३ अंक जोडेको हिमालयन शेर्पा अंकतालिकामा १३ औं स्थानमै यथावत रहेको छ । टोली अझै पनि रेलिगेसन जोनमै छ । जावलाखेल २३ अंकका साथ शीर्ष स्थानमा छ । तर, दोस्रो स्थानको टोली थ्रीस्टारको २२ अंक रहेको छ । जावलाखेल हार्नु थ्रीस्टारले खोजेको नतिजा पनि हो ।

खेलको १० औं मिनेटमा मुताम्बाले गोल गरेका थिए । उनले कर्नरमा आएको बललाई गोलमा परिणत गरेका थिए । १९ औं मिनेटमा मुताम्बाले नै अग्रता दोब्बर पारे । खामिर गिल्शान कान्दांग्वाले दिएको पासलाई नियन्त्रणमा लिँदै गोलमा परिणत भएको थियो । ७२ औं मिनेटमा मासोअबीले गोल गर्दै खेलमा फर्कने संकेत दिए । तर, यसपछि पोस्ट एट्याक तिब्र बनाएपनि जावलाखेलले गोल थप्न सकेन ।

यसअघिको खेलमा थ्रीस्टार र मच्छिन्द्रले गोलरहित बराबरी खेलेको थियो । यो खेलमा एक अंक लिन पाउँदा पनि थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराज केसी दंग भएका थिए । उनले एक अंक लिनु पनि सफलता रहेको बताएका थिए । उनले भने—हामीले एक अंक पाएँ यसमा खुशी छौ । अहिले त्यति दवाव पनि छैन, अन्ततिर भएको भए शायद यो एक अंक पनि निरासजनक हुने थियो । तर, खेल अझै बाँकी भएको हुँदा यो बराबरी नतिजा पनि रामैै्र हो ।

संकटाको पोस्टमा ४ गोल

च्यासल मैदानमा भएको खेलमा सातदोबाटो युवा क्लबले संकटालाई ४–० गोलअन्तरले पराजित ग¥यो । टोलीको जितमा विलियम ओपोकु र दीपक राज सिंह ठकुरीले दुई–दुई गोल गरे । सातदोबाटोले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएका थिए । यस जितसँगै सातदोबाटो १२ खेलबाट २१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित संकटा १५ अंक जोडेर नवौं स्थानमा छ ।

खेलको १० औं मिनेटम विलियमले सातदोबाटोलाई १–० को अग्रता दिलाए । १९ औं मिनेटमा उनले टोलीको अग्रता दोब्बर पारेका थिए । पहिलो हाफमा २–० ले अघि बढेको सातदोबाटोका लागि दोस्रो हाफमा दुबै गोल दीपकले गरे । उनले ६८ औं र ८२ औं मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्