जिरोनासँग हार्यो रियल



लन्डन, (एजेन्सी) । जिरोनाले स्पेनिस ला लिगामा रियल मेड्रिडलाई पराजित गरेको छ ।

अर्जेन्टिनी फरवार्ड भ्यालेन्टिन कास्टेलानोसको ह्याट्रिकसहित चार गोलको मद्दतमा जिरोनाले रियललाई पराजित गरेको हो । जिरोनाले घरेलु मैदानमा रियलमाथि ४–२ गोलअन्तरको जित निकालेको हो । रियलका भिनिसियस जुनियर र लुकास भास्क्वेजले गोल गरेपनि हार टार्न सकेन ।

मोन्टिभिली स्टेडियम जिरोनामा मंगलबार राति भएको खेलको १२औं मिनेटमा भ्यालेन्टिनले मिगुइल गुइटेरेजको पासमा हेडमार्फत गोल गर्दै घरेलु टोली जिरोनालाई १–० को अग्रता दिलाएका थिए । खेलको २४औं मिनेटमा भ्यालेन्टिनले एर्नाउ मार्टिनेजको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि रियल खेलमा २–० ले पछि प¥यो । ३४औं मिनेटमा भिनिसियसले मार्काे एसेन्सियोको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए ।

खेलको ४६औं मिनेटमा भ्यालेन्टिनले ह्याट्रिक पूरा गर्दा रियल खेलमा ३–१ ले पछि प¥यो । यसपटक भ्यालेन्टिनले यान काउटोका पासमा गोल गर्न सफल भएका थिए । खेलको ६२औं मिनेटमा कास्टेलानोसले व्यक्तिगत चौथा गोल गरेपछि रियल खेलमा ४–१ ले पछि पर्दा खेलमा फर्कने सम्भावना टाढियो । कास्टेलानोस सन् १९४७ पछि स्पेनिस ला लिगामा रियलविरुद्ध चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । त्यसबेला एस्टेवान एचभेरियाले रियल ओभिडोबाट ७–१ को जितमा एक्लैले पाँच गोल गरेका थिए ।

रियलबिरुद्ध सन् २०१३ मा च्याम्पियन्स लिगमा बोरुसिया डर्टमन्डले ४–१ को जित निकाल्दा सबै चार गोल रोबर्ट लेवान्डोस्कीले गरेका थिए । कोपा डेल रेको सेमिफाइनलमा रियल जारागोजाले ६–१ को जित निकालेको खेलमा डिएगो मिलिटोले चार गोल गरेका थिए । ८५औं मिनेटमा भिनिसियसको पासमा लुकास भास्क्वेजले गोल गरेपनि रियलको हार टार्न सकेन । जिरोनासँगको हारसँगै रियल मेड्रिडको उपाधि जित्ने सम्भावना लगभग सकिएको छ । रियलको ३१ खेलबाट ६५ अंक छ । रियललाई हराएको जिरोनाको ३१ खेलबाट ४१ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्