औलो रोग मुक्त बनाउन लुम्बिनी साँस्कृतिक नगरपालिकामा जनचेतना कार्यक्रम संञ्चालन



यमलाल भुसाल ।

विश्व औँलो दिवसको अवसर पारेर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा तथा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मंगलवार भएको एकदिवसीय गोष्टी मार्फत शुन्य औँलो बनाउने अभियानमा लाग्न स्वास्थ्य शाखा प्रमुख राजेन्द्र चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले सरसफाईलाई जोड नदिएकै कारण औँलो रोग हुने बतानुभयो । लामखुट्टेबाट सर्ने औँलो रोग नियन्त्रण गर्न र हुन नदिन विभिन्न जनचेतनाका कार्यक्रमलाई टोलटोलमा संञ्चालन गर्नुपर्ने बताउनु भयो ।

मानव जिवन संग जोडिएको स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले विशेष चासोको साथ हेरिएको बताउदै उपप्रमुख हरिजनले आगामी दिनमा बजेट निर्माण गर्दा समेत प्राथमिकता दिईने कुरा औँल्याउनु भयो ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले खानेपानी तथा शौचालय जस्ता समस्यालाई निति तथा कार्यक्रममा राखेर दिर्घकालीन योजना तर्जुमा गर्नुपर्ने बताउनु भयो ।

अशिक्षाकै कारण जटिल प्रकृतिका रोगको शिकार नगरबासी बन्न पुग्ने बताउदै अर्यालले मलेरिया रोग लाग्न नदिन झुल अनियवार्य प्रयोग र व्यक्तिगत सरसफाईलाई जोड दिनुपर्ने  जोड दिनु भयो । कार्यक्रममा नगरपालिकामा रहेका विभिन्न शाखा,वडामा रहेका स्वास्थ्य चौकीका प्रमुख विच सो कार्यक्रम भएको थियो । कार्यक्रममा स्टाफ नर्स स्मृति गौतमले संञ्चालन गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्