पदकधारी खेलाडी सम्मानित



हेटौंडा । वागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा पदक जित्न सफल मकवानपुरका खेलाडीलाई सम्मानित गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरले बैशाख पहिलो साता भएको प्रदेशस्तरीय प्रतियोगितामा सहभागी खेलाडीलाई शनिबार सम्मानित गरेको हो ।

समिति अध्यक्ष वेष खड्गीको सभाध्यक्षतामा भएको सम्मान कार्यक्रममा हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता थियो ।

प्रदेश खेलकुद परिषद् सदस्यसचिव सूर्यलाल भण्डारी तथा शिक्षासेवी पुरणबहादुर जोशीलगायतले पनि खेलाडी सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्