स्पेनको राजदुतद्वारा रेफ्री ढकाल सम्मानित



काठमाडौं । स्पेनमा अवस्थित नेपालको लागि नेपाली राजदूतावासमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री ढकाल सम्मानित भएका छन् ।

विगत लामो समयदेखि नेपालको प्रतिनिधित्व गरि विश्वका विभिन्न देसहरुमा हुने विश्व वरियताका अन्तर्राष्ट्रिय खेलहरुमा ढकाल निर्णायकको भूमिकामा रहेका छन् । खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पुर्याउनु भएको अतुलनीय योगदानको उच्च मुल्यांकनका साथ ढकाललाई मेड्रिडस्थित नेपाली राजदुतावासमा सम्मानित गरियो ।

सम्मान कार्यक्रममा महामहिम शर्मिला पराजुली ढकालले राजदुतावासमा बोलाइ ढकाललाई खादा लगाएर समान गरिन् । उक्त कार्यक्रममा उहाले नेपाल र नेपालिखेलकुद जगतमा खेलाडी हरुमा परेको विभिन्न समस्याहरुको आफ्नो तवरबाट सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

ढकालले स्पेनको अलिकान्तेमा सम्पन्न भएको विश्व वरियताको २० औं स्पेनिस ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताम निर्णायकको भुमिका निर्वाह गरेका थिए । युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि उनलाई निर्णायक मण्डलमा छनोट गरेको थियो ।

अन्तर्राष्ट्रिय दोस्रो श्रेणीका तेक्वान्दो निर्णायक ढकालले यसअघि बेल्जियम, स्पेन फ्रान्स, पाकिस्तान, जर्मनी, चीनमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताहरूमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्