नेपालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लाे २४ घण्टामा १०६ जनामा काेराेना भाइरस स‌ंक्रमण पुष्टि भएकाे जनाएकाे छ ।

बिहीबार अपरान्ह मन्त्रालयले सार्वजनिक गरेकाे विवरणअनुसार पछिल्लाे २४ घण्टामा १ हजार ४८८ नमुना परीक्षण गर्दा १०६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

जसअनुसार ५४१ नमुनाकाे पीसीआर परीक्षण गर्दा ६४ जनामा र ९४७ नमुनाकाे एन्टिजेन परीक्षण गर्दा ४२ जनामा काेराेना संक्रमण देखिएकाे हाे । याेसँगै सक्रिय संक्रमितकाे संख्या ४३५ रहेकाे छ ।

पछिल्लाे २४ घण्टा ७४ जनामा काेराेना संक्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।