पछिल्लो २४ घण्टामा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ।

पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १ हजार ४०२ मध्ये २७२ पीसीआर परीक्षण गर्दा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३५८ पुगेको छ । यस अवधिमा काठमाडौंमा १९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अुनसार आइसोलेसनमा १७ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एकजना कोरोनाका बिरामी उपचाररत रहेका छन् । यस्तै २७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यसअघि बुधबार मात्रै ९८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्