सिन्धुलीको मरिण गाउँपालिकामा दर्ता भएका आधा सहकारी निष्क्रिय



सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिकामा दर्ता भएका आधा सहकारी निष्क्रिय रूपमा रहेको छ । गाउँपालिकाको सहकारी शाखाको तथ्यांक अनुसार दर्ता भएका आधा सहकारीहरू कुनै पनि गतिविधि नगरी निस्क्रिय रहेको देखिएको हो ।

गाउँपालिकामा बिहीबार आयोजित अर्धबार्षिक समीक्षा कार्यक्रममा सहकारी शाखा प्रमुख रत्न कुमारी घिसिङले दर्ता भएका २८ सहकारी संस्था मध्ये १४ वटा सहकारी संस्था मात्रै क्रियाशील रहेको बाँकी अरू निष्क्रिय रहको बताउनुभयो ।

शाखा प्रमुख घिसिङका अनुसार एउटा सहकारीको भने दर्ता खारेज भएको बताउनुभयो । मरिण गाउँपालिका- ६ मा रहेको धमिले कृषि सहकारी संस्था खारेज भएको शाखा प्रमुख घिसिङले जानकारी दिनुभयो।

निष्क्रिय रहेका धेरै सहकारीहरूले लामो समयदेखि लेखा परिक्षण र कर समेत नतिरेको पाईएको शाखा प्रमुख घिसिङको भनाई छ । निष्क्रिय रहेका सहकारीहरूले गाउँपालिकाले माग गरेका केही पनि विवरण नदिएको बताउनुभयो । गाउँपालिकाले सहकारीको विकास र क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम र अनुगमन भईरहेको बताउनुभयो  ।

प्रतिक्रिया दिनुहोस्