मेडिकल काउन्सिलको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७१ प्रतिशत उत्तीर्ण



काठमाडौँ। 

नेपाल मेडिकल काउन्सिलले २०७९ चैत्र १७ गते लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७१ प्रतिशत उत्तीर्ण भएका छन् ।

४३ विधामा सञ्चालन गरेको २५औँ विशेष परीक्षामा ४ सय २० जना परीक्षार्थीहरू सहभागी भएकोमा ३ सय जना उत्तीर्ण (७१.४३ प्रतिशत), १ सय १९ जना अनुत्तीर्ण र १ जनाको नतिजा रोक्का भएको काउन्सिलका रष्टिार डा.कृष्ण प्रसाद अधिकारीले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।

सहभागीहरू मध्ये कसैबाट पनि अवाञ्छित क्रियाकलाप भएको पाइएन । यस अगाडि २०७९ मंसिर ९ गते गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७४ दशमल्भ १६ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।

परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले नतिजा प्रकाशित भएको मितिले  पैंतीस (३५) दिन भित्र पुनर्योगका लागि  १ हजार ५ सय रुपैंया दस्तुर बुझाई आफ्नो नाम, रोल नम्बर स्पष्ट लेखी काउन्सिलको इमेल मार्फत आवेदन गर्न सक्ने जानकारी गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्