औषधी व्यवस्था विभागले ३६ वटा नयाँ औषधी दर्ता गर्ने



काठमाडौँ।
सल्लाहकार समितिको परामर्शका आधारामा औषधी व्यवस्था विभागले ३६ वटा नयाँ औषधी दर्ता गर्ने प्रकृया शुरु गरेको जनाएको छ ।

गत पुष १२ गते बसेको औषधी सल्लाहकार समितिको ५४ औँ बैठकको परामर्शका आधारमा नयाँ औषधी तथा समिश्रणहरु अनुमोदन गरी विधि र प्रक्रिया पूरा गरी दर्ता गर्न विभागलाई दिइएको परामर्श अनुसार औषधी दर्ता प्रक्रिया अघि विभागका महानिर्देशक भरत भट्टराईले जारी गरेको सूचनामा उल्लेख गरिएकोछ ।

विभागले आइतबार सूचना जारी गर्दै दर्ता हुनसक्ने नयाँ औषधीको सूची सार्वजनिक गरेको छ । यी औषधीहरु दर्ता भएपछि स्वदेशमै उत्पादन गर्न वा विदेशबाट आयात गर्न सकिने विभागको भनाई छ । औषधी व्यवस्था विभागमा अहिलेसम्म १ हजार ४०० बढी औषधीको मोलिक्युल दर्ता भएको छ । यस्तै करीव १८ हजार ब्राण्ड पनि दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्