कोरोनाका बिरामी बढे, एकै दिन ६९ जना सङ्क्रमित



काठमाडौँ। 

सन् २०२० चैत्र १३ गते नेपालमा दोस्रो कोरोना सङ्क्रमित प्रमाणित भएको दिन आज नेपालमा एकै दिन ६९ जना कोरोना सङ्क्रमित प्रमाणित भएका छन् । कोरोना पूर्ण रुपमा हटी नसके पनि खासै समस्याको रुपमा नदेखिएको धेरै समयपछि एकैदिन यति ठूलो संख्यामा कोरोना सङ्क्रमितको संख्या थपिनुले फेरि नेपालीलाई झस्काएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभरिमा ६९ जना नयाँ कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोमबार १ जना मात्र कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयको तथ्यांक अनुसार  १ हजार २ सय ६६ जनाको नमुना परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यति बेला ६६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय आइतबार १६ जनामा शनिवार ३ जनामा, शुक्रवार २ जनामा, बिहीबार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यो तथ्यांक हेर्दा पछिल्ला दिनमा सिजनर फ्लुसँगै कोरोना सङ्क्रमितको संख्या पनि बढ्दै गएको र स्वास्थ्य सुरक्षा नियमित रुपमा अपनाउन स्वास्थ्य मन्त्रालयले आव्हान गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्