एकैदिन १६ जनामा कोरोना संक्रमण



काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा १६ जनमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरण अनुसार नौ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । आज सक्रिय सङ्क्रमितको सङ्ख्या ४२ पुगेका छन् ।

यसअघि चैत ९ गते १७ जनामा सङ्क्रमण देखिएको थियो।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल पनि देखिएको बताउनुभयो । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्