लोसपा कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ । सरकारमा सहभागी हुने लगायतका विषयमा निर्णय गर्न उक्त समितिको बैठक बस्ने भएको हो ।

त्यस्तै कार्यकारिणी समतिको बैठकले आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा बारा–२ बाट आफ्नो पार्टीको उम्मेदवार चयन गर्नेबारे पनि छलफल गर्ने बुझिएको छ ।

बारा–२ मा हुने उपनिर्वाचनमा पार्टीबाट कसलाई उम्मेदवार बनाउने भन्नेबारे लोसपा टुंगो लागेको छैन ।

चैत ६ गते बसेको प्रतिनिधिसभा बैठकमा लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्