अन्जनी क्वार्टरफाईनलमै रोकिईन्



काठमाडौं, (नेस) । आईबीए उमन्स वल्र्ड बक्सिङ च्याम्पियनसिप २०२३ मा दुई बाउट जित्दै ईतिहास बनाउन सफल नेपालकी मुक्केबाज अन्जनी तेलीले क्वाटरफाईनल खेलमा पराजित भइन् ।

बेलारुसकी खेलाडीसंग उत्कृष्ट खेल प्रदर्शन गर्दा गर्दै पनि अन्जनीले जित हासिल गर्न सकिनन् । पाचै जजहरुले बेलारुसकी खेलाडीको पक्षमा निर्णय दिदा ०ः५ को युनानिमस डिसिजनको आधारमा अन्जनीले पराजय भोग्नु परेको थियो ।

यसरी अन्जनी सहित नेपालका सात जना मुक्केबाजहरुको वल्र्ड वोमन्स बक्सिंग च्याम्पियनशिपको खेल यात्रा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्