रोबर्टसनलाई आठ वर्षको प्रतिबन्ध



लन्डन, (एजेन्सी) । न्युजिल्यान्डका मध्यम तथा लामो दुरीका धावक जेन रोबर्टसनमाथि आठ वर्षको प्रतिबन्ध लगाइएको छ ।

रियो ओलम्पिक र टोकियो ओलम्पिकमा न्युजिल्यान्डको प्रतिनिधित्व गरेका रोबर्टसनलाई डोपिङ तथा परीक्षण प्रकृयालाई प्रभावित पारेको आरोपमा आठ वर्षको प्रतिबन्ध लगाइएको जनाएको छ ।

सन् २०१४ को कमनवेल्थ गेम्सअन्तर्गत पाँच हजार मिटर दौडमा कांस्य पदक जितेका ३३ वर्षीय रोबर्टसनले प्रतिबन्धित औधषि प्रयोग गरेको आरोपमा चार वर्ष तथा प्रमाणलाई नष्ट गर्ने प्रयास गरेको आरोपमा थप चार वर्षको प्रतिबन्ध लगाइएको हो ।

रोबर्टसनले सन् २०२२ को ग्रेड म्यानचेस्टर दौडका क्रममा प्रतिबन्धित औषधि एरिथ्रोपोइटिन (इपिओ) प्रयोग गरेको पुष्टि भएको थियो । इपिओले रातो रक्त कोशिका बढाउनुका साथ खेलाडीलाई लामो समयसम्म थकान हुन दिँदैन ।

प्रतिक्रिया दिनुहोस्