क्रसमान्डु च्याम्पियनसिपमा दीपेश विजेता



काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरी सदरमुकाम धुलिखेलमा अन्तर्राष्ट्रियस्तरको साहसिक तथा पर्यटकीय खेल डट बाइक रेसिङ क्रसमान्डु च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ ।

नासाको समन्वयमा आयोजना भएको उक्त प्रतियोगितामा देशका विभिन्न स्थानबाट १७ जना प्रतिस्पर्धीहरू सहभागी भएका थिए । १७ जनामध्ये १२ प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धामा सहभागी भएका थिए । सहभागीमध्ये तीन समूहमा विभाजन गरिएको र त्यसमध्ये भीम होना, राजकुमार कार्की, रिजोन खड्गी, रोनिश कार्की पहिलो समूहका हुन् ।

दोश्रो समूहमा आशुतोष धुँजु, दीपेश क्षेत्री, रामविक्रम थापा र मनीष गुरुङ दोश्रो समूहमा थिए । एलिस बस्नेत, श्रेयस पौड्याल, संगम श्रेष्ठ र प्रशान्त जंग कार्की तेश्रो समूहमा थिए । प्रतिस्पर्धामा सहभागी भएकामध्ये पहिलो समूहका भीम होना र राजकुमार कार्की क्रमशः दोश्रो र तेश्रो भए ।

दोश्रो समुहका दीपेश क्षेत्री प्रथम भए । आयोजक डट डेम्पल प्रालिका तर्फबाट प्रथम हुने क्षेत्रीलाई नगद १ लाख १० हजार, दोश्रो हुने भीम होनालाई ७५ हजार र तेश्रो हुने राजकुमार कार्कीलाई नगद ५० हजार पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्