फेदी खोलामा भलिबल हुने



काठमाडौं । यही चैतको दोस्रो साता स्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

हिमशिखर क्लबको आयोजनामा चैतको १३ देखि १६ गतेसम्म जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । क्लबले हरेक वर्ष चैते दशैं मेलाको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरिरहेको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ७१ हजार १ सय ११ रुपियाँ पुरस्कार राशि प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल पुग्ने टोलीलाई आयोजकले नै खानपिन र बासको व्यवस्था गर्नेछ ।

प्रतियोगितामा २० भन्दा बढी टोलीले सहभागीता जनाउने आयोजकको अनुमान छ । प्रतियोगिता सम्पन्न गर्न १० लाख खर्च हुने अनुमान गरिएको छ । वि.स. २०५० सालमा स्थापना भएको हिमशिखर क्लबले नियमितरूपमा यस्ता खेलकुद कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्