अन्जनी क्वाटरफाइनलमा



काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी आईबीए वोमेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपमा नेपालकी अन्जली टेली क्वार्टरफाइनलमा पुगेकी छन् । अन्जलीे ५२ के.जी. तौल समुहमा हाइटीकी क्याटरिन मारिया स्टालीङ्गलाई ५–० अंकले पराजित गर्दै अन्तिम आठमा पुगिन् ।

नेपाल अब विश्व च्याम्पियनसिप पदकको लागि एक जित मात्र टाढा छ । खेलको पहिलो राउण्ड ५ जना जजले अन्जली पक्षमा निर्णय गरेका थिए । दोश्रो राउण्डको खेल मारियाको पक्षमा गएको थियो । तेश्रो तथा अन्तीम राउण्डमा मारिया माथी हावी हुँदै खेल ५–० अंकले आफ्नो पक्षमा पार्न अन्जली सफल भएकी थिइन् ।

अन्जलीले बुधबार बेलारुसकी युलिया अपनासोमिचसँग प्रतिश्पर्धा गर्नेछिन् । यस अघि नेपालको लागि पदकको आश भएकी सुष्मा तामाङ ४८ के.जी. तौल समुहमा बुल्गेरियाकी खेलाडीसँग ३–४ अंकको झिनो हार बेहोरी प्रतियोगिताबाट बाहिरिइन् । संगिता सुनारले ६० के.जी. तौल समूहमा अष्टे«लियाकी खेलाडीसँग ४–१ को अन्तरले हार व्यहोरेकी थिइन् ।

७० के.जी. तौल समुहको नेपालकी सरस्वती राना सर्वियाकी खेलाडीसँग ५–० अंकले हार आत्मसात गरेकी थिइन् । मिनु गुरुङ्ग, ५४ के.जी. तौल समुहमा थाइल्याण्डकी खेलाडीसँग, ५७ के.जी. तौल समुहमा चन्द्रकला थापा भेनेजुएलाकी खेलाडीसँग र ५० के.जी. तौल समुहमा अस्मीत दुवाल बोत्स्वानाकी खेलाडीसँग ५–० अंकको आधारमा पराजित भए ।

प्रतिक्रिया दिनुहोस्