सकियो अलनेपाल नोभिस बक्सिङ



हेटौंडा । मकवानपुर जिल्ला बक्सिङ संघ र वागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हेटौंडामा सञ्चालित अलनेपाल नोभिस बक्सिङ प्रतियोगिता सकिएको छ ।

प्रतियोगितामा शनिबार १६ वटा स्वर्ण पदकको टुंगो लागेको छ । पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहको विजेताको टुंगो लागेको हो । प्रतियोगितामा पुरुषतर्फ ७५ केजी तौल समूहमा डीजी बक्सिङ क्लबका आयुष श्रेष्ठले स्वर्ण पदक जितेका छन् । उनले सल्यानका दर्शन घर्तीमगरलाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।

पुरुषतर्फ ७१ केजी तौल समूहमा निमा दोर्जेतामाङले भक्तपुरका प्रवेश बस्नेतलाई पराजित गर्दै स्वर्ण जितेका छन् । पुरुषतर्फ ५७ केजी तौल समूहमा बक्समाण्डुका आयुष थापा, ६० केजी तौल समूहमा डीजी बक्सका सौरभ राई, ६३ दशमलव ५ केजी तौल समूहमा मकवानपुरका सोहन राईले स्वर्ण जितेका छन् ।

पुरुषतर्फ ६७ केजी तौल समूहमा आभाषविक्रम शाहले स्वर्ण जितेका छन् । फाइनलमा विजयी हु“दै ५२ केजी तौल समूहमा भक्तपुरकी भावना भण्डारी, ५० केजी तौल समूहमा रेस बक्सिङ क्लबकी युजेन शर्मा, ४८ केजी तौल समूहमा अछामकी निर्मला ऐडीले स्वर्ण जितेका छन् ।

पुरुषतर्फ ४८ केजी तौल समूहमा अल्फा बक्सिङ क्लबका विशेष बुढामगर, ५१ केजी तौल समूहमा बक्समाण्डुका प्रवल उप्रेती र ५४ केजी तौल समूहमा दाङमा विवेक देबकोटाले स्वर्ण जितेका छन् । महिलातर्फ ५४ केजी तौल समूहमा बक्समाण्डुकी आंगी शेर्पा, ५७ केजी तौल समूहमा बक्समाण्डुकै प्रीति श्रेष्ठ, ६० केजी तौल समूहमा भूमि बक्सिङ क्लबकी बबिता गोदारक्षेत्री र ६६ केजी तौल समूहमा रेजकी सहिष्ना बिष्टले स्वर्ण जितेका छन् ।

विजेता तथा उपविजेता खेलाडीलाई संघ अध्यक्ष दिपेश जोशी र हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले पुरस्कार वितरण गरेका हुन् । प्रतियोगितामा २३ जिल्लाका ३७ वटा क्लबका १ सय ५० पुरुष र २८ महिला खेलाडी सहभागी थिए । प्रतियोगितामा १७ देखि २१ वर्ष उमेरसम्मका खेलाडी सहभागी थिए । विधागत् प्रथम, द्वितीय र तृतीय खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपिया“ प्राप्त गरे ।
नया“ खेलाडीको पहिचान र प्रतिभा प्रष्फुटन गर्ने उद्धेश्यसाथ ३० गतेबाट हेटौंडामा बक्सिङ सुरु भएको थियो । समापनका सन्दर्भमा मकवानपुरबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बक्सिङमा उत्कृष्ट प्रदर्शन गरी मेडल प्राप्त गरेका खेलाडी, पूर्वअध्यक्षलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्