स्वस्तिश्री गुरुकुलको रोड रेस



काठमाडौं । स्वस्तिश्री गुरुकुल आई. वी. वल्र्ड स्कूलले ‘‘रन फर नेसनलपिस’’ को नाराका साथ रोड रेस– २०७९ आयोजना गरेको छ ।

खेलप्रेमी विद्यार्थीहरुका लागि खेलकुदप्रति बढी आकर्षित अनि दक्ष बनाउने उद्देश्य राखेर रोड रेस आयोजना गरिएको हो । विद्यार्थीहरुलाई जुम्बा, वार्मिङ अप गराइ विशिष्ट व्यक्तित्व बैकुण्ठ मानन्धरले उदघाटन गरे । उक्त दौडमा करिब २ सय ४६ जना छात्र÷छात्राले विभिन्न विद्यालय तथा संथाहरुको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।

प्रतियोगिता १६ वर्ष मुनीका छात्र र छात्राको दुई समुहमा गरिएको थियो । छात्रतर्फ ५ किलोमिटर र छात्रातर्फ ३ किलोमिटरको दुरी कायम गरिएको थियो । छात्रतर्फ हिमाल अधिकारीले १९ः०५ः०१ मिनेटमा तोकिएको दुरी पार गरी पहिलो स्थान हासिल गरे । दोस्रो स्थान १९ः५६ः९९ मिनेटमा पार गरी दिपेन्द्र बोहोराले प्राप्त गरेका थिए । त्यसैगरी सनम शर्पाले २०ः०४ः२३ मिनेटमा तोकिएको दुरी पार गरी तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।

छात्रातर्फ विमला कार्कीले १५ः०९ मिनेटमा तोकिएको दुरी पार गरी प्रथम स्थान हासिल गर्न सफल भएकी थिइन् । दोस्रो स्थान १५ः१० मिनेटमा पार गरी डोमा बूढाले प्राप्त गरेकी थिइन् । त्यसैगरी ओहाना कार्कीले १५ः२५ मिनेटमा तोकिएको दुरी पार गरी तेस्रो स्थान हासिल गरिन् । प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गरेका विद्यार्थीले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्