जुम्लाकी पूर्णलक्ष्मी म्यानराथनमा पहिलो



तनहुँ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार आयोजित व्यास नगर महिला हाफ म्याराथनमा त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी छन् ।

धार्मिक इतिहास बोकेको व्यास नगरपालिका–३ व्यासगुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरसम्मको २१ किलोमिटर दूरी एक घण्टा ४७ मिनेट ५१ सेकेण्डमा पार गर्दै न्यौपानेले पहिलो स्थान हासिल गरिन् । जुम्लाकी धाविकाले ४१ हजार ७९ रुपियाँ पुरस्कार प्राप्त गरिन् । त्यस्तै सोलुखुम्बुकी अनिता राई एक घण्टा ५२ मिनेट २४ सेकेण्डमा उक्त दूरी पार गर्दै दोस्रो स्थानमा रहिन् । उनले ३१ हजार ७९ रुपियाँ प्राप्त गरिन् ।

तर, जुम्लाकी विश्वरुपा बुढा मगरले भने तेस्रो स्थानमै चित्त बुझाउनुप¥यो । बुढाले उक्त दूरी एक घण्टा ५७ मिनेट ३२ सेकेण्डमा पूरा गरिन् । उनले २१ हजार ७९ रुपियाँ हासिल गरिन् । यसैगरी गुल्मीकी गीता विक चौथो, गोरखाकी अमृता गुरुङ पाँचौं, नवलपरासीकी सीमा चौधरी छैटो भए । चौथोदेखि छैठो स्थानमा रहेका प्रतिस्पर्धीले समान ११ हजार ७९ रुपियाँ हासिल गरे ।

प्रतियोगितामा ६४ प्रतिस्पर्धीको सहभागिता थियो । व्यास नगरपालिकाले खेलकुदमार्फत पर्यटन प्रबद्र्धनसँग जोड्न खोजेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । व्यासको जन्मभूमि दमौली र ऐतिहासिक स्थल तनहुँसुरलाई खेलको माध्यमबाट जोड्न महिला म्याराथनले सहयोग पुग्ने विश्वास लिएको न्यौपानेले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले खेलकुदका माध्यमबाट दुई ऐतिहासिक ठाउँ जोड्ने प्रयास सराहनीय रहेको बताउनुभयो । महिलामा पनि पुरुष सरह आँट छ भन्ने सन्देश दिन महिला हाफ प्रतियोगिता आयोजना गरिएको व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्