क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउने प्रधानमन्त्री प्रचण्डको घोषणा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाहरूमा देखिने पाठेघर र स्तन क्यान्सरको शीघ्र पहिचान र निःशुल्क उपचार सेवा विस्तार गर्ने बताउनुभएको छ । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गर्नुभएको हो ।

सम्बोधनमा प्रधानमन्त्रीले भन्नुभयो, ‘यसैगरी सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ । पाठेघरको क्यान्सर रोकथामको लागि नौ देखि १३ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी बिस्तार गरिनेछ ।’ ‘करिब ३४ प्रतिशत महिलाहरूमा प्रजनन् उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिला लक्षित पोषण कार्यक्रम सञ्चालन गरिनेसमेत बताउनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्