रोनिशालाई स्वर्ण



काठमाडौं । कान्तिपुर पिङपोङ भ्याली क्लब (केपीभीसी) की रोनिशा महर्जनले बृहत खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा मंगलबार स्वर्ण जितेकी छन् ।

सातदोबाटोस्थित कराते हलमा भएको फाइनलमा रोनिशाले अस्मिता स्कुलकी योङ्गी पौडेललाई ४–३ को सेटमा पराजित गरिन् । एएनएस १९८० क्लबकी अंकिता बज्राचार्य तेश्रो भइन् ।

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा केपीभीसीका जगदिश्वरप्रसाद जोशी पहिलो भए । उनले फाइनलमा एपीएम क्लबका रोशन प्रधानलाई ३–० को सोझो सेटमा पराजित गरे । एपीएमका सुमन खड्गी र खोल्छा पुखु क्लबका धर्मेन्दराज शाक्य संयुक्तरूपमा तेश्रो बने ।

प्रतियोगिताको बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । ११ स्पर्धा समावेश प्रतियोगितामा करिब १ सय ८० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा सुमन खड्गी, प्रायोजकमा नदिमरत्न शाक्य, मेटल सापर्स र सम्झना ल्याबोरेटरी प्रा.लि., सह–प्रायोजकमा पूर्णशंकर श्रेष्ठ, खेल सामग्री पार्टनर डीएचएस तथा पोशाक पार्टनरमा लिनिङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्