अरुणा र अञ्जन वर्ष खेलाडी



 काठमाडौं । भलिबलकी अरुणा शाही र फुटबलका अञ्जन विष्ट नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आयोजित स्पोटर््स अवार्ड २०७८ मा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

मंगलबार आयोजित अवार्ड कार्यक्रममा अरुणा र अञ्जन उत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् । यस्तै भलिबलकै उषा भण्डारीले पिपुल्स च्वाइस अवार्ड जितिन् । सर्वाधिक ३८ प्रतिशत मत प्राप्त गर्दै विजेता भएकी उषाले पनि मोटरसाइकल प्राप्त गरिन् । वर्ष उत्कृष्ट प्रशिक्षक भने फुटबलका अब्दुल्लाह अलमुताइरी घोषित भए । फुटबलका मनीष डाँगी युवा वर्ष खेलाडी घोषित भए ।

पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवद्र्धन पारा एथ्लिट अवार्डबाट सम्मानित भइन् । उनले ट्रफीसँगै ५० हजार नगद पुरस्कार पाइन् । यसैगरी, अन्तर्राष्ट्रिय एसियन खेल पत्रकार अवार्ड कतारका मोहम्मद हेजीले प्राप्त गरेका छन् । एथ्लेटिक्सका प्रशिक्षक रघुराज वन्तले लाइफटाइट एचिभमेन्ट अवार्ड जिते । साथै, उनले पनि ५० हजार रुपैयाँ पुरस्कार पाए ।

स्पेसल अवार्डबाट ब्याडमिन्टनका दानबहादुर तामाङ र मायादेवी मोक्तान सम्मानित भए । २०७७ सालमा नेपाली खेलकुद क्षेत्रको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा योगदान पु¥याउने खेलाडी तथा खेलव्यक्तित्वलाई अवार्डबाट पुरस्कृत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्