आँखा स्वास्थ्यमा महिलाको पहुँच कमजोर



काठमाडौँ । 

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले आयोजना गरेको महिला मैत्री आँखा सेवा सम्बन्धी सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम एक समारोहका बिच सम्पन्न भयो ।

“लैंगिक समानताको बलियो आधार: सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नेपालमा दृष्टि क्षमता कम भएका मानिसहरु मध्ये ५५प्रतिशत महिला छन् । अनेक – कारणले आँखा सेवामा महिलाको पहुँच कम भएकोले आँखा स्वास्थ्य सेवामा महिलाको पहुँच बढाऔँ भन्ने  विषयमा जोड दिइएको थियो ।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा रिता गुरुङले सन् १८८१ बाट आँखा स्वास्थ्यका क्षेत्रमा अनुसन्धान सुरु भएको हो भन्नुभयो । १८८१ मा ६६ प्रतिशत महिला र ३३ प्रतिशत पुरुषमा समस्या थियो । सन् २०१० मा नेपालका १६ वटा आँखा अस्पतालमा गरिएको अनुसन्धानमा महिलामा ५२ प्रतिशत र पुरुषमा ४८ प्रतिशत समस्या पाइयो । समग्र हेर्दा महिलाको आँखा स्वास्थ्यमा हुनुपर्ने जति सुधार भएको छैन । विश्वको तथ्याङ्कलाई हेर्दा ५५ प्रतिशत  महिलामा आँखा स्वास्थ्य समस्या अझै जटिल अवस्थामा छ । महिलाको स्वास्थ्य सेवामा आर्थिक, सामाजिक, भौगोलिक, परम्परागत सोच, आफूले निर्णय गर्ने अधिकार नभएकै कारण आँखा उपचारमा पहुँच नभएको डा गुरुडले बताउनुभयो ।

सोही अवसरमा अस्पताल इन्चार्ज डा. सृजना अधिकारीले विगतमा भएका अनुसन्धानमा देखा, परेका समस्याका बारेमा जानकारी गराउँदै महिलाहरुलाई आँखा उपचारमा शिविर प्रभावकारी तथा घरमैत्री भएको पाइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्