सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभाको भव्य आयोजना हुने



काठमाडाैं  ।

नेपालमा सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभाको भव्य आयोजना हुँदै छ । सबैका लागि समग्र स्वास्थ्योपचार भन्ने मूलनाराका साथ यही फागुन १९ दखि २१ सम्म होटेल सोल्टीमा कार्यक्रमकाे आयाेजना गरिएकाे छ।

यसअघि यस्तै महासभाहरू सन् २०१५ मा नेदरल्याण्ड्सको रोयतमोल्डमा, सन् २०१७ मा संयुक्त अधिराज्य बेलायतको लण्डनमा सन् २०१८ ब्राजिलको रियो दे जेनेरीयोमा, सन् २०१८ मै नेदरल्यान्डमा, सन् २०१८ मै सोल्भानिया लेइडेनमा र सन् २०१८ मा नेदरल्याण्ड्सको रोमेरमोन्डमा सम्पन्न भएकाे थियाे ।

ती महासम्मेलनहरूबाट आयुर्वेदलाई जनआन्दोलनको रूपमा विकास गरी जीवन विज्ञानका रूपमा ग्रहण गर्न उत्प्रेरित गर्ने संकल्पसहित विगत चार/पाँच दशकदेखि नै महर्षि महेश योगीका उत्कृष्ट योगदानबाट प्रेरित भएर आयुर्वेदले व्यक्तिगत र सार्वजनिक स्वास्थ्य सेवाको प्राचीन प्रणालीको गहन विश्लेषणको आदान-प्रदान गर्दै आइरहेको बताएका छन्  ।

यो सातौ अन्तर्राष्ट्रिय आयुर्वेद महासभामा नेपाल र भारतबाट कम्तीमा १०० जना आयुर्वेदका विज्ञहरू सहभागी हुने छन् भने यूरोप – अमेरिकासहित अन्य अन्तर्राष्ट्रिय जगत्बाट १०० जना आयुर्वेद विज्ञहरू सहभागी हुनेछन् ।

सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभाको समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ भने नेपाल र भारतका समकक्षी स्वास्थ्य मन्त्रीद्वयको विशिष्ट आतिथ्यता रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्