आठ दलीय गठबन्धनका सांसदहरूको अभिमुखीकरण कार्यक्रम आज



काठमाडौं । राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा आठ दलीय गठबन्धनले सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई समर्थन गरेका सांसदहरुलाई प्रशिक्षण दिने भएको हो ।

आठ वटै दलका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु प्रशिक्षणमा सहभागी हुने छन् ।

काठमाडौंको तीनकुनेस्थित रोयल व्यांक्वेटमा बिहीबार दिउँसो १ बजेदेखि अभिमुखीकरण कार्यक्रम हुनेछ ।

पार्टीका शीर्ष नेताहरुले सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्