स्पार्कको ३१औं बार्षिकोत्सवमा स्वास्थ्य पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सल्लाहकारहरुलाई बधाई र शुभकामना



काठमाडौँ।

कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालको ३१ औँ बार्षिकोत्सवका अवसरामा अस्पताल प्रशासनका उत्कृष्ट कर्मचारीलाई पुरस्कृत तथा सम्मानका साथै स्वास्थ्य पत्रकार मञ्च नेपालका नवनिर्वाचित पदाधिकारीहरु तथा सल्लाहकारहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

कार्यक्रममा पुराना बिरामी अर्थात् सोही अस्पतालमा उपचार गराई निको भएर आफ्नो नियमित काममा फर्किसकेका २ जनालाई संयुक्त रुपमा प्रमुख अतिथि बनाइएको थियो ।

 

कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथिद्धय मधु प्रधान र कुलदीप शाक्यले प्रशासनका उत्कृष्ट कर्मचारी शुभक्ता भण्डारीलाई पुरस्कार प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

सोही अवसरमा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले स्पार्कले गरेका उत्कृष्ट स्वास्थ्य सेवाको प्रशंसा गर्दै आगामी दिनमा मञ्चसँग सहकार्य गरेर काम गर्दै अघि बढ्ने स्पार्क होमको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै स्पार्कको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभयो ।

कार्यक्रमकमा स्पार्क अस्पतलका कार्यकारी निर्देशक रुपेश अधिकारीले स्वास्थ्य पत्रकार मञ्चले सिफारिस गरेर पठाएको एकजना पत्रकारलाई हरेक बर्षको बार्षिक उत्सवमा उत्कृष्ट स्वास्थ्य पत्रकारका रुपमा पुरस्कृत तथा सम्मानित गर्ने घोषणा गर्नुभयो ।

सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रधानले स्पार्कले आफूलाई नयाँ जीवन दिएको र हात खुट्टा नचल्ने अवस्थाको व्यक्तिलाई आज देश विदेश सारा घुमेर आफ्नो काम सुचारु गर्न सफल बनाएकोमा खुशी व्यक्त गर्दै यो अस्पतालमा आउँने अन्य बिरामीहरुका लागि पनि यो अस्पताल संजीवनी बुटी बनीरहन सकोस भन्नुभयो ।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएका अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले ३१ बर्ष अघि योगासन अभ्यासबाट शुरु गरेको सेवा आज देश विदेशमा समेत सफल सेवाका रुपमा विस्तार भएकोछ । नेपालमा पहिलोपटक शुरु गर्दा योगासन हुँदै फिजियो थेरापीबाट शुरु गरेको अस्पताल आज हरेक खालका समस्याको समाधानका लागि उचित व्यवस्थापन गर्दै अघि बढेका छौँ। यो बिरामीले नै निको भएर फर्किएपछि अर्को बिरामी ल्याएर सेवालाई विस्तार भैरहेको अवस्था छ भन्नुभयो ।

योग, प्राकृतिक चिकित्सा तथा फिजियोथेरापी विधिबाट उपचार क्षेत्रमा अघि बढेको यो अस्पताले अहिले आफ्नो बेग्लै पहिचान बनाइसकेको छ । बिरामीको विश्वास र उपचारमा पाएको सफलतासंगै उसले आफ्नो शाखाहरु मार्फत सेवालाई देशका विभिन्न स्थानमा पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्