कस्तो छ भारतमा उपचाररत कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था ?



काठमाडौं ।

ग्यास सिलिण्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ ।

भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीलाई मुखबाटै खाना खुवाइनुका साथै प्रेसर मास्क अक्सिजन ५ लिटर झारिएको अस्पताल परिसरबाट योगराज कँडेलले जनाएका छन्।

कँडेलले अस्पतालमा उपचार गराइरहेको भण्डारीको तस्बिर पनि सार्वजनिक गरेका छन्।शुभचिन्तकहरूले विश्वास नगरेका कारण उहाँ सकुशल र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रमाणको रूपमा यो तस्बिर जारी गरिएको छ,’ उनले लेखेका छन्।

भण्डारी कम्तीमा २१ दिनसम्म ग्रराफ्टिङको व्याण्डेजमा रहने र इन्फेक्सन हुने सम्भावना भएकोले त्यसपश्चात मात्र भेटघाट गर्न दिने पनि कँडेलले जनाएका छन्। भण्डारीको काउन्सिलिङ डा प्रशान्त महाराणेले गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्