चिकित्सकीय अनुसन्धान सम्बन्धी दुई दिने कार्यशाला



काठमाडौं ।

स्वास्थ्य  पत्रकारहरुका लागि चिकित्सकीय अनुसन्धान सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी आयोजना गरियो  ।  सोमबार देखि धुलिखेलमा शुरु  गरेको  कार्यशालाको आयोजना  नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य  पत्रकार मञ्चको आयोजनामा विभिन्न सञ्चार माध्यममा  स्वास्थ्यका विषयमा पत्रकारिता  गरिरहेका पत्रकारहरुको सहभागितामा कार्यशाला सञ्चालन गरिएको हो  ।

 

कार्यक्रमको उद्घाटन मन्तव्यका क्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा.प्रदीप ज्ञवालीले परिषद्ले नै दिनुपर्ने महत्त्वपूर्ण प्राविधिक विषयमा स्वास्थ्य पत्रकार मञ्चले नेतृत्व लिएकोमा आवश्यक सहयोग  गर्ने परिषद् तयार रहेको बताउनुभयो  ।

उहाँले परिषद्ले स्वास्थ्य नीति नियम बनाउन सघाउन अध्ययन अनुसन्धान गर्ने बताउनभयो  । स्वास्थ्य अनुसन्धान गर्नका लागि परिषद्सँग स्वीकृत लिनु अनिवार्य हुन्छ । हरेक वर्ष ५ सयको हाराहारीमा अनुसन्धान हुन्छ । राज्यले नीति बनाउनु पहिले नै अनुसन्धान हुनुपर्छ भन्ने विषयमा जोड दिनुभयो  ।

उहाँले अस्पतालहरूले पालना गर्नुपर्ने क्लिनिक ट्रायलको प्रोटोकल भएको र नभएको के हुन्छ  भन्ने प्रस्ट  हुन जरुरी रहेको बताउनुभयो  । उद्घाटन सत्रमा स्वास्थ्य पत्रकार मञ्च नेपालमा अध्यक्ष सरोज ढुंगेलले यो कार्यशालापछि पत्रकारले चिकित्सा विज्ञानमा भएको अनुसन्धानको विषयमा समाचार बन्ने र राज्यलाई नीति बनाउन घच्घच्याउन मद्दत मिल्ने विश्वास लिएको बताउनुभयाे   ।

कार्यक्रममा चिकित्सा शास्त्र अध्यक्ष प्रा.डा.खेम कार्कीले चिकित्सकीय अनुसन्धान कहो र यसले  सरकार र नागरिकलाई के फाइदा पुग्छ भन्नेबारेमा प्रकाश पार्नुभयो । सोलिट  नेपालको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ  ।

प्रतिक्रिया दिनुहोस्