प्रतिद्वन्दीको भाव हैन प्रतिस्पर्धाको भाव राखौं डिआईजी सापहरू



 

प्रहरीले नै प्रहरीको खुट्टा तान्ने प्रवृत्ति कहिले सम्म के का लागि भलै कुनै झुन्ड र कुनै स्वार्थका निम्ति नेपाल प्रहरी जस्तो पबित्र संगठन कमजोर बनाउने काममा संगठनकै सिनियर अधिकृतहरूको भूमिका देखिँदै आएको छ। जब जब आफ्नै ब्यचमेटहरु कुनै फुली र कुनै पदका निम्ति अगाडि बढ्न खोज्दछन् स्वयम् सहपाठीहरुनै उनीहरुलाइ सिध्याउन खेलमा लाग्छन् परिणाम स्वरुप संगठन कमजोर बनाउने खेल यहाँबाट छताछुल्ल हुदै जनता माझ जान्छ ।
यो स्वयम् ब्यक्ति, पवित्र नेपाल प्रहरी संगठन र राष्ट्रको अहितमा रहन्छ । यस्ता विषय पत्रपत्रिका,अखबारहरू र संचार माध्यमवाट संगठन प्रति बिश्बास गुम्न पुग्दछ । भाई फुटे गवाँर लुटे भनेझैं भाई–भाईको अश्वस्थ प्रतिस्पर्धाले संगठन हिजोका दिन देखि आजका दिन सम्म यो खेल कायमै रहेको देखिन्छ। के यस्ता खेलहरुले अझै निरन्तरता पाईराख्ने हो त ? यस्तो कुप्रथा र अराजकताको खेल अन्तय गर्न सम्बन्धित निकायहरु निष्पक्षता र इमान्दारिता पक्षमा निर्णय लिन जरुरी देखिन्छ।
यस्ता बिषयमा सिनियर बहालवाला एआईजीहरू र आईजीपीले रोकथामको प्रयासले संगठन मजबुत हुदै जान्छ। केहि बर्ष आगाडि नेपाल प्रहरीका सिनियर अधिकृतले भनेको ब्रिफकेस भरीको पैसाका पछाडि नलागिकन आउने दिनहरुका निर्णय लिन आबश्यकता छ। प्रहरी जनता साथी भनेझैं यदि आर्थिक अनियमितताका आधारमा रहि अर्थिक मोलतोलले बढुवा र सरूवा गर्दै जाने हो भने देशमा श्रीलङ्काको जस्तो आर्थिक अबस्था बन्नको निम्ति यो अनियमितता एक मुल बाटो बन्न सक्छ ।
यसरी नै लेखि रहँदा कसरी हुन्छ भन्ने तर्कहरू आउलान् तर ब्रिफकेसमा मुठाहरू जसरी बुझाउछन् त्यसै गरी ब्रिफकेसमा मुठाहरू बुझ्न बाध्य हुन्छन् यसो गर्दै गर्दा उच्च निकाय मौन बस्नै पर्यो तै चोर मै चोर स्पष्ट छ देशको राजश्व छलकपट,तस्करी,डनबाद र धनबाद,लागूऔषध व्यापार, नियन्त्रण कस्को के लाग्छ। कर छलि सधैं जनताको काँध चढेर ढाड सेकाउने कामको मूल कारक समेत यो हो ।
नजिकिँदै गरेको एआईजीपी र आईजीपी बढुवामा स्वच्छ प्रतिस्पर्धामा सरिक हुन सम्पूर्ण सिनियर अधिकृतहरू लाई आग्रह गर्दछु ? प्रतिद्वन्दीको भाव हैन प्रतिस्पर्धाको भाव राखौं महोदय डिआईजी सापहरू ? अनि आफैंले खुरापाती गरे पछि आँफु भन्दा तलका अफिसरहरूले बढुवामा बुझाउने पर्छ अनि जानाजान जनतालाई दुख दिनै पर्यो ? प्रहरी अधिकृतहरुले अब रकम उठाउन तिनै सई,असई,हवल्दार,सिपाहीहरूले जिम्मा लिने पर्यो।अनि जनताहरू कष्टकर होस नहोस ज्यादती मार्फत् उठाउन पर्यो ? सेवा दिने प्रहरी त पैसाको लागि सेवा लिप्त हुनपुग्छ त्यसैले गृहसचिव, गृहमन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्रीज्यू यो एउटा राष्ट्र सुधारको मार्ग हो। यथाशिघ्र अवलम्वन गरोयोस् । जय जनता? जय नेपाल प्रहरी ? जय जय नेपाल ?

 

प्रतिक्रिया दिनुहोस्