राष्ट्रपति निर्वाचनले निम्त्याएको अस्थिरता



मेला,महोत्सवर विभिन्न संगीतिककार्यक्रमले मुलुकको माहोल उल्लासमयबन्दै गएको छ । मुलुककाविभिन्नशहरमायीकार्यक्रमहुँदै आएका छन् ।अहिले देशभरको माहोल हेर्ने हो भने उल्लासमय देखिन्छ । जनतामा एक प्रकारको खुसी छाएको अवस्थाहो अहिले । तर,मुलुकको राजनीतिकअवस्था हेर्ने हो भने फरक ढंगले अघि बढेको देखिन्छ ।

तरल राजनीतिकअवस्थाले मुलुकलाई कुन बाटोमा लैजालाभन्न सक्ने अवस्था देखिँदैन ।सरकार गठन भएको एक महिनापछि नै वर्तमान सरकार अस्थिर बन्दै गएको छ । सरकारलाई टिकाइ राख्ने शक्तिहरूबीच बेमेल पैदा भएको छ भने सरकारविरुद्ध रहेकाशक्तिहरूभनेसरकारलाई कसरी ढाल्न सकिन्छ भन्नेतर्फ उद्यतभएको देखिन्छ ।

आउँदो राष्ट्रपति निर्वाचनलाई लिएर सत्तारुढ घटकबीच फरक फरक अभिमतव्यक्तभएका छन्भने प्रमुखप्रतिपक्षीदलराष्ट्रपति निर्वाचनअघि नै अहिलेको गठबन्धन भत्काएर आफ्नो अनुकूलको राष्ट्रपति ल्याउनआफ्ना सबै अवयवलाई परिचालनगर्न उद्यत भएको देखिन्छ । दुवै समूहअतिवादतर्फ उन्मुखहुँदै गएकाकारण सरकार के हुने भन्ने अन्योलतापनि बढ्दै गएको छ ।

सत्तावियोगबाट छटपटिएको कांग्रेस कुनै पनिहालतमा सत्ताआफ्नो हातमाल्याउनजुनसुकै हतकन्डा अपनाउन पछि परेको देखिँदैन। यता सत्ताको नेतृत्व गरेको नेकपामाओवादी केन्द्रको ढुलमुले नीतिले विपक्षीहरूले खेल्ने मौकापाएका छन् । संसद्को दोस्रो शक्तिको रूपमा रहेको नेकपाएमाले भने जुनसुकै हालतमापनिराष्ट्रपति आफ्नो मान्छे ल्याउनअपनाउनु पर्ने सबै प्रक्रियाअवलम्बनगर्दै आएको देखिन्छ ।

यसले नेपालको राजनीतिमाअस्थिरता पैदा मात्र गरेको छैन छिमेकीमुलुकहरूलाई चलखेल गर्ने मौकासमेत प्रदान गरेको विश्लेषण गर्न थालिएको छ । दुई छिमेकीमुलुकभारत र चीनले फागुन २५ माहुने राष्ट्रपति निर्वाचनलाई नजिकबाट हेर्दै आएकाछन् । अझभारतले त विदेश सचिवलाई नेपाल पठाएर दिल्लीको स्पष्ट सन्देशसमेत दिनसफलभएको छ ।

चीनले नेपालस्थितआफ्नो दूतावासलाई प्रयोगचीनअनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउने प्रयत्नलाई जारी राखेको देखिन्छ । यसले नेपाल र नेपालीको भविष्यलाई भने अस्थिरबनाउँदै लगेको विश्लेषण गर्न थालिएको छ । सार्वभौम सम्पन्नमुलुक नेपालले आफ्नो अनुकूलको राष्ट्रपति बनाउन के छिमेकीमुलुकहरूलाई खुसीपार्नु पर्ने हो भन्ने आमप्रश्नअहिले सतहमाआएको छ ।

अहिले बजारमा देखिएको परिदृष्यले नेपालको भविष्य के होलाभन्ने चिन्ताथपिएको छ भने नेताहरूमाआफ्नो स्वार्थले कामगर्दै आएको देखिन्छ । मुलुकबनाउनेभन्दापनिआफ्ना मान्छेलाई कसरीशक्ति केन्द्रमा पु¥याउने भन्ने दलको अभिलाषाले कामगर्दा मुलुकवर्वादीको बाटोतर्फ उन्मुखहुँदै गएको देखिन्छ । त्यसैले हाम्राभन्दापनि राम्रा मान्छेलाई छनौट गर्नेतर्फ दलका नेताहरू अग्रसर नभएसम्म नेपालको अस्थिरताअन्त्यहुने देखिँदैन यसतर्फ दलका नेताहरूको ध्यानजान जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्