राजनीतिको निर्देशक राष्ट्रिय हो कि अन्तर्राष्ट्रिय? : निर्देशक तथा सांसद शाह



फिल्म निर्देशकबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भएका असिम शाहले नेपाली राजनितीमा हुने विभिन्न चलखेललाई फिल्मसँग तुलना गर्दै संसद्मा पेचिलो प्रश्न उठाएका छन्।

शाहले संसद्मा चलेको फिल्मको निर्देशक को हो, राष्टिझय हो कि अन्तर्राष्टिझय हो भन्दै पेचिलो प्रश्न उठाएका हुन्। उनले नेपालको राजनीतिलाई फिल्मसँग तुलना गर्दै यसमा नायक र खलनायक चिन्न मुश्किल भएको तथा यसको निर्देशक को हो भन्दै दरिलो प्रश्न उठाउँदा रास्वपाका संसद्ले टेबुल ठोकेर उनको समर्थन गरेका थिए। बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा पहिलोपटक बोल्ने क्रममा समानुपातिकतर्पmका सांसद शाहले आफू फिल्म निर्देशन छाडेर राजनीतिमा आएको तर राजनीतिक फिल्म देखेर अलमलिएको बताए। म चलचित्र निर्देशक भएर चलचित्र डामाडोल बनाउन लागेको थिएँ, तर देश बनाउने हुटहुटीले चलचित्र निर्देशन छाडेर रवि लामिछानेलाई होस्टेमा हैँसे गर्दै यो सदनसम्म आइपुगेँ, जब यहाँ आइपुगेँ, यहाँ त रोमाञ्चक राजनीतिक चलचित्र चलिरहेको रहेछ। मैले बनाउने चलचित्रमा पात्रहरु, मेरा कथाहरु स्पष्ट हुन्छन्, नायक को हो, खलनायक को हो स्पष्ट हुन्छ, तर यहाँ नायक को हो, खलनायक को हो चिन्नै गाह्रो भयो। अस्तिसम्म नायक देखिएका पात्रहरु खलनायक जस्ता देखिन थाले, खलनायकजस्ता देखिएका पात्र नायकजस्ता देखिन थालेु उनले संसद्मा उभिएर भने।

सांसद शाहले रास्वपा अध्यक्ष रवि लामिछाने नाम नलिईकन राजनीतिक फिल्ममा एउटा पात्रलाई डाँडा कटाइएको कटाक्ष गरे। एउटा हाम्रो पात्रलाई यसरी डाँडा कटाइएको छ, मानौँ ऊ कहिले पनि फर्केर आउँदैन, तर अहिले त मध्यान्तर पनि भइसकेको छैन, हाम्रो पात्र आउँछु उनले प्रश्न गरे ञयो चलचित्र जुन देखाइएको छ हामीलाई संसद्मा, यसको पटकथा कसले लेख्दैछ, यसका निर्देशक को हुन्, राष्टिझय हुन् कि अन्तर्राष्ट्रिय, आज जनजनले प्रश्न गरिरहेका छन् ।

फिल्मजस्तो भए पनि मौलिकता बोकेको र नेपाली माटो सुहाउँदो हुनुपर्ने चर्चा गर्दै उनले भने ञहामीलाई चाहिने नेपाली राजनीतिक चलचित्र नै हो, यो कथा नेपालीले नै लेखेको हुनुपर्छ। म कामना गर्छ, यो राजनीतिक चलचित्र जुन दुई महिनादेखि देखिरहेका छौँ, यसको अन्त संयोगान्त होस्, भोलि जनतामाझ जाँदा हामीले माला लगाएर स्वागत गर्न पाउने माहोल बनोस्।

संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आफू सञ्चारकर्मी र फिल्म निर्देशक धेरैपटक आएको र पहिलो अवार्ड पनि त्यहीँ लिएको स्मरण गर्दै सांसद शाहले सांसदको रुपमा आउँदा भने आफू आत्तिएको बताए।

सांसदको रुपमा आउँदा म आत्तिएँ, तर्सिएँ। मलाई यहाँका कुर्सीले, भित्ताले चिच्याई चिच्याई एउटै शब्द भनिरहेको महसुस भयो। खबरदार तँ पनि जालझेलमा पर्लास्, तँ पनि षड्यन्त्र गर्लास्, तँ यो सब गर्न आएको होइनस्, आफ्नो आवाज बुलन्द तरिकाले उठाउन आएको होस्, आप्mनो आवाज बुलन्द पारिरहनु शाहले सबैको ध्यानाकृष्ट गर्दै भने।

सांसद शाहले संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्नसमेत माग गरेका छन्। जनप्रतिनिधिले सदनमा जवाफदेही हुने गरी उपस्थिति हुने व्यवस्था गरियोस्, र जनताले पनि आप्mनो जनप्रतिनिधि कहाँ छन् भन्ने कुरा राम्रोसँग हेर्न पाओस्, संघीय संसद्मा सांसद्को न्यून उपस्थिति हुनेतर्पm लक्षित गर्दै उनले भने।

प्रतिक्रिया दिनुहोस्