भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा



काठमाडौं । भारतीय सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् । दुई दिने नेपाल भ्रमणका लागि उनी भारतीय वायुसेनाको विशेष विमानबाट सोमबार काठमाडौं आइपुगेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । नेपाल बसाइँका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्