धुलिखेल अस्पातलमा बन्दको प्रभाव छैन, नियमित उपचार जारी


काभ्रे ।

धुलिखेलस्थित धुलिखेल अस्पतालमा नियमित सेवा जारी छ । नेपाल चिकित्सक संघले चिकित्सक माथी प्रहरीले हातपात गरेको भन्दै देशभरी इमर्जेन्सीबाहेकका सवै सेवा अबरुद्ध गर्ने निर्णय गरे पनि धुलिखेल अस्पतालमा भने बन्दको कुनै प्रभाव परेको छैन ।

‘अस्पतालको नियमति सेवा जारी छ, यहाँ बन्दको कुनै प्रभाव परेको छैन’ पत्रकार मोतिराम तिमल्सिनाले भने । काठमाडौंका गंगालाल हृदय रोग केन्द्रमा पनि सुचारु गरिएको छ । शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति अस्पताल, प्रसुती गृहले अस्पताल आएका बिरामीलाई इमर्जेन्सीको टिकट दिएर ओपडी सेवा दिईरहेका छन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।