थप तीन जनामा कोरोना सङ्क्रमण



काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर तीनजना कोरोनाका संक्रमित थपिएका छन् ।

एक हजार ८५ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज एकजना संक्रमणमुक्त भएका छन् ।

देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्