वाणीको अर्को पाइला



फिल्म व्यवसायका लागि अब जताततै वैकल्पिक बजारको खोजी भएको छ ।

यसको सबैभन्दा धेरै खोजी बलिउडमा भइरहेको छ । अतिरिक्त र सुलभ बजारका लागि ओटीटी प्लेटफर्म अगाडि आएको छ । नेपालमा तत्काल प्रभावकारी र सफल हुन नसके पनि बलिउडमा भने ओटीटी प्लेटफर्म फस्टाइरहेको छ ।

अभिनय, सौन्दर्य र बोल्डनेसका कारण अभिनयको दुनियाँमा एक पछि अर्को सफलता हासिल गर्दै दर्शकबाट रुचाइएकी बलिउड अभिनेत्री वाणी कपुर पनि अब छिट्टै ओटीटी प्लेटफर्ममा जाने भएकी छन् ।

उनी जतिन वागलेको नयाँ बेव सिरिज भूचालमार्फत अ‍ोटीटीमा डेब्यु गर्न लागेको भारतिय सञ्चार माध्यमले जनाएका छन् । उत्तर प्रदेशका डीजीपीओपी सिंहमाथि आधारीत हूने भनिएको क्राइम थ्रिलर वेब सिरिजमा वाणीको प्रमूख भूमिका रहनेछ ।

पछिल्लो समय रणवीर कपुरको फिल्म शमशेरामा देखिएकी ३४ वर्षीया वाणीले शुद्ध देशी रोमान्स, बेफिक्रे, बेल बटम वारलगायत बलिउड तथा केहि तामिल फिल्ममा समेत अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्