चैतमा आउने भयो प्रेमा



आगामी चैत १७ गते रिलीज हुने फिल्म प्रेमाको फस्ट लुक सार्वजनिक भएको छ ।

बाघठाटा फिल्म प्mयाक्ट्रीको व्यानरमा निर्मित फिल्ममा गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको छ । सार्वजनिकमध्ये एकमा फिल्मका प्रमुख कलाकार अरूण क्षेत्री, शुभेक्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ ।

पोस्टरमा अरूण र शुभेक्षा तथा अरूण र सृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ। अर्को पोष्टरमा शुभेक्षा, अरूण र सृष्टिलाई खुशी भावमा प्रस्तुत गरिएको छ । तेस्रो पोस्टरमा अरूण र शुभेक्षा रोमान्टिक हुँदा छेउमा अरूण र सृष्टिको खुशी अवतार प्रस्तुत गरिएको छ ।

निर्देशक भण्डारीले फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्ने बताए । मञ्जरी, लभ यु बाबा, हैरान, मेरो पैसा खै, गाँजाबाजा र चिनी कम रङ कडाजस्ता फिल्ममा सह निर्देशकका रूपमा काम गरेका निर्देशक भण्डारीले यसअघि रणवीर नामक फिल्मबाट निर्देशनमा डेब्यु गरेका थिए ।

प्रेमामा भने उनी निर्मातासमेत रहेका छन् । निर्माणमा उनलाई लेखक तथा निर्देशक विवेक घिमिरेले सघाएका छन् । काठमाडांै, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरूण, शुभेक्षा र सृष्टिका साथमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेबसेल, भिभियाना थपलिया (काजुले अभिनय गरेका सामर्थ विक्रम थापाको कार्यफिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, डुकराज घिमिरेको कला, महेश पौडेलको डीओपी र कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्