तिबः द सपोर्टको सुटिङ अमेरिकामा



नेपाल भाषामा निर्माणाधिन सामाजिक कथाको फिल्म चलचित्र तिबः द सपोर्टको सुटिङ अमेरिकामा गरिएको छ ।

सर्जु रञ्जित र समिता रञ्जित श्रेष्ठको निर्माणमा निर्माणाधीन फिल्मको एक महत्वपूर्ण अंशको सुटिङ हालै अमेरिकाको मेरिल्यान्ड राज्यको गाइथस्वर्गमा गरिएको हो । सुटिङको सम्पूर्ण चाँजोपाँजो अमेरिकास्थित द हिमालयन भाइब्ज समुहले मिलाएको हो । मिला अमात्य, अनुप जोशी र दिवाकर धौभदेलले विशेष सहयोगमा छायांकन निर्देशनलगायतका सम्पूर्ण प्राविधिक जिम्मा रोशन श्रेष्ठले पूरा गरेका छन् ।

अमेरिकामा सम्पन्न छायांकनमा कलाकार दिवाकर धौभडेल, मिला श्रेष्ठ र रवि शाक्यले अभिनय गरेका छन् । नेपाल भाषाका चर्चित फिल्म पटाचारी र जामनः गुभाजुमा आफ्नो प्रतिभा प्रमाणित गरिसकेका तिबःका निर्देशक रवि सायमीले कथावस्तुको मागबमोजिम अमेरिकामा दृश्य छायांकन गरिएको बताए। सायमीको निर्देशनमा तयार भएको जामनः गुभाजुले अमेरिकाको न्युयोर्कमा आयोजित अन्तर्राष्ट्रिय आदिवासी चलचित्र प्रतियोगितामा विभिन्न विधाका पुरस्कारलाई आप्mनो बनाएको थियो ।

ओमशंकर श्रेष्ठको कथा, शुशिल राजोपाध्याय, ओमशंकर श्रेष्ठ र रवि सायमीको पटकथा तथा राजेन्द्र महर्जन, ओमशंकर श्रेष्ठ र संघरत्न शाक्यको गीत तथा भुपेन्द्र बज्राचार्य र शिव साहीको संगीतमा निर्माणाधीन फिल्ममा शुशील राजोपाध्याय, सरस्वती मानन्धर, कृष्ण भक्त महर्जन र आशाकाजी थकुलगायतका कलाकारले अभिनय गरेका छन्। द हिमालयन भाइब्जले चार लघु फिल्म निर्माण गरी प्रदर्शन समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्