सिरिजमा लालबहादुर



जी मिडिया कनेक्सन प्रालीको ब्यानरमा निर्मित सिरिज लाल बहादुर, द स्पार्कको ट्रेलर सार्वजनिक गरिएको छ ।

देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजमा सरोज खनाल, सुनील थापा र खड्ग बहादुर पुन (खबपु)को मुख्य भूमिका रहेको ट्रेलरमा देखाइएको छ ।

२०७२ सालको विनासकारी भूकम्पपछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको प्रयासको कथा बुनिएको सिरिज चार सिजन गरी जम्मा ५२ एपिसोडको रहने र पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी गराए ।

प्रकाश आङ्बुहाङ (हाङबारे)द्वारा निर्मित फिल्ममा सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, गीता थापा पराजुली, रामबाबु रेग्मी, अनिता गिरी, जेनिस अधिकारी, रविन विष्ट, विश्व मुखियालगायत कलाकारले पनि अभिनय गरेका छन् ।

फागुनको पहिलो हप्ताबाट साप्ताहिक रूपमा प्रसारणमा आउने सिरिज जी मिडिया कनेन्कसनको युट्युब च्यानल र एक टेलिभिजनबाट एकसाथ प्रसारण हुने निर्माण पक्षले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्